विपन्नका लागि ३० हजार थान सर्जिकल माक्स र सेनेटाइजर उपलब्ध गराउँदै सांसद साँवा
Published: (Updated: )
by .
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले स्थानीयतहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएका छन् ।
कोरोना भाइरसले लकडाउन भएको अवस्थामा नगरका विपन्न समुदायहरु लागि सर्जिकल माक्स र सेनेटाइजर उपलब्ध गराउने सोमबार पत्रकार भेटघाटनमा सांसद साँवाले जानकारी दिए । उनले मंगलबारदेखि क्षेत्र नं. ४ का स्थानीय तहलाई ३ लाख ५० हजार बराबरको ३० हजार सर्जिकल माक्स र ५ कार्टुन सेनेटाइजर उपलब्ध गराउने बताए दिए ।
स्थानीय तहका प्रत्येक वडालाई १ हजारका दरले माक्स वितरण गर्ने बताइएको छ ।
यस अघि आएका राहत अरुका लागि भएपनि यो राहत सामाग्री जनतालाई सोझै दिनका लागि तयारी गरिएको साँसद साँवाले जानकारी दिए । स्थानीय तहले यस अघि पहिलो चरणको राहत सामाग्री वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत वितरण गर्ने तयारी रहेको छ ।
राहत वितरणमा केही जनताबाट केही गुनासाहरु पनि आएका छन् र साँच्चै पीडित परिवारलाई राहत नपुगेको जानकारी भए त्यसको सुझबुझ गरी राहत सामाग्री उपलब्ध गराउने समेत सांसद साँवाको भनाई छ ।
राहत सामाग्री झापा मोरङ्गका केही साथीहरु र स्थानीय स्तरमा काम गर्ने रविन फाउण्डेसन, रिवर फाउण्डेशन, कनकाई इन्टरनेश्नल विल्डर्सल, गोविन्द भारती झापा गाउँपालिका, नरेश गेलाल र वाई वि राई काठमाण्डौलगायतको सानो सानो सहयोगलाई आफुले संयोजककारी भूमिका निर्वाह गरी राहत सामाग्री उपलब्ध भएको सांसद साँवाले जानकारी दिए ।
सांसद साँवाले यसअघि संघीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आफुले सांसद सचिवालयबाट पाउने एक महिनाको सुबिधा जम्मा गरेका थिए । त्यस्तै कोरोना भाइरसका रोकथाम राहत कोषमा यस अघि झापा गाउँपालिकामा आधा महिनाको तलब २५ हजार, शिवसताक्षी नगरपालिकाको कोषमा नेकपा शिवसताक्षी मार्फत २५ हजार दिइ सकेको बताइएको छ । दोस्रो चरणमा भोली शिवसताक्षी, झापा गा.पा. र कनकाई नगरपालिकालाई २५÷२५ हजारका दरले राहत कोषमा जम्मा गर्ने संसाद सचिवालयले जनाएको छ ।
Comments