कमल गाउँपालिकामा दोस्रो चरणको पनि सकियो राहत वितरण
Published: (Updated: )
by .
कमल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण पीडित बनेका विपन्न परिवारलाई दोस्रो चरणको राहत बाड्ने काम सकिएको छ ।
कमल गाउँपालिकाले अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएकोले विपन्न परिवार छनौट गरी कमल गाउँपालिकाल दोस्रो चरणको राहत वितरण कार्यक्रम सकेको हो ।
राहत वितरणका लागी गाउँपालिकाले सातवटै वडाका अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा समिती वनाएर सबै वडा र टोलटोलबाट सिफारिस भएर आएका १ हजार ५सय ४८ घरधुरीलाई खाद्य समाग्री वितरण गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।
पालिकाले १ हजार ५ सय ४८ घरधुरीका परिवारलाई राहत वितरण गरिएको थियो । राहत सामाग्री चामल २१ हजार ९ सय ५५ के.जि., दाल १ हजार ५ सय ४८ के.जी. , तेल १ हजार ५ सय ४८ के.जि., नुन १ हजार ५ सय ४८ के.जि.,साबुन दाल १ हजार ५ सय ४८ वटा वितरण गरिएको कमल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
Comments