Sajhamanch Archive

फेरी उदयपुरका एक जनामा कोरोना भएको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा कोरोना भाइरसको ‘इपिसेन्टर’ का रुपमा देखिएको उदयपुरको भुल्केमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा ३३ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *