Sajhamanch Archive

वीपी प्रतिष्ठमानकाे प्रसुती इमेरजेन्सी अगाडी रु १० र २० को नोट भेटिए पछि..

Published: in राष्ट्रिय समाचार by .

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती रोग विभागको इमेरजेन्सी अगाडी बेवारिसे पैसा भेटिए पछि भीड भएको छ ।

पटियाएकाेअवस्थामा एउटा २० को र एउटा १० को नोट रहेको छ । उक्त नोट बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंह वार्डमा विमारी हेर्न जादैं गर्दा देखे पछि भीआइपी सेक्युरिटीका सुरक्षा गार्ड नारायण कार्कीलाई खवर गरेका थिए । शंकास्पर्ध अवस्थामा पैसा भेटिएको डा. सिंहले बताए ।

जनकपुरमा दुई महिलाहरुले पैसा फ्याकेर हिडेको घट्ना पछि उक्त पैसा टिप्न कसैले सकेका छैनन् । उक्त पैसा झुक्किएर झरेको नभइ कसैले झारेको जस्ताे अवस्थामा रहेको सुरक्षा गार्ड नारायण कार्कीले बताए । यति बेला उक्त पैसा हेर्नेको भीड बनेको छ । पैसा कसैले टिपेका छैनन् ।

पैसा कस्ले फाल्यो वा थाहा नपाएर झरेको भन्ने केही खुलेको छैन् । जनकपुरमा दुई जना महिलाले पैसा फ्याके पछि उनीलाई नियनत्रणमा लिएर कोरोना टेष्ट नैगरिएको थियो । पैसासमेत टेष्टका लागिल्याव लगिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *