Sajhamanch Archive

मेची उद्योग वाणिज्य संघको घरदैलो अभियान, आँगनमै पुग्यो खाद्य सामाग्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । कोराना भाइरसका कारण लकडाउन भएको अवस्थामा मेची उद्योग बाणिज्य संघ मेचीनगरले घरदैलो अभियान शुरु गरेको छ । देशको विषम परिस्थितीमा उपभोक्ताहरुले खाद्यन्नको अभाव व्योहोर्नु नपरोस र विचौलियाका कारण ठगिनु नपरोस भन्ने उद्घेश्यले पनि संघले यो कदम उठाएको हो ।

ग्रामीणक्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरेर संघले जिल्लामै पहिलो पटक यो अभियान शुरु गरेको दावी गरेको छ । संघले विभिन्न उद्योग र मिलहरुबाट खाद्यन्न सामग्री सोझै खरिद गर्ने र त्यसलाई प्याकेजिङ गरी हरेक उपभोक्ताको घर घरमा पुर्याउने लक्ष्यसहित अभियान शुरु गरेको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

पहिलो चरणमा मेचीनगरको १ देखि ४ सम्मका वडामा पुर्याउने, त्यसपछि वडानम्बर ७ र १५ लगायत बजारको पहुँचदेखि टाढा रहेका उपभोक्ताहरु समक्ष पुग्ने अध्यक्ष तिम्सिनाको भनाई छ । यसका लागि ५० टन चामल, ५ टन दाल २ ÷२ केजी सेलो र तोरी खानेतेल, १० हजार केजी आटा, १ सय बोरा आयोडिनयुक्त नुन भण्डारण गरिसकेको संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए । लोड अनलोडमा खर्च कम गर्ने र त्यस वापत हुने खर्च बरु उपभोक्ताहरुलाई छुट दिने उद्घेश्यले ती वस्तुको लोडअनलोड समेत संघका पदाधिकारीहरु आफैले गरेको वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए । बजारको पहुँच भएका क्षेत्रमा यो अभियान सञ्चालन नहुने संघको भनाई छ ।

तीन प्रकारको चामलको २०, २५ र ३० केजी , दाल २ र १ केजीसम्मका चिनी २ केजी सनफ्लावर र तोरी तेल आधा आधा लिटरका प्याकेजिङ गरी संघले हरेक दिन घर घरमा पुर्याए र विक्री गर्ने सचिव रविचन्द्र नेपालले जानकारी दिए । संघले आफ्नो लागत मुल्यमा प्याकेजिङ र ढुवानी खर्च जोडेर सर्वसुलभ मुल्यमा ती खाद्यन्न विक्री गर्ने कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार प्याकेजिङ गरेका ती वस्तु ट्रकमा हालेर संघका पदाधिकारी तथा कर्मचारीहरु आफै विक्री वितरणका हिड्ने अध्यक्ष तिम्सिनाले बताए ।

विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्घेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी सहज बनाउनका लागि संघले यस्तो अभियान शुरु गरेको हो । ‘हामीलाई यी वस्तु बेचेर नाफा कमाउनु छैन र यो उद्घेश्यका लागि पनि अभियान सञ्चालन गरेका होइनौँ ’ अध्यक्ष तिम्सिनाले भने —‘ यो विषम परिस्थितीमा उपभोक्ता नठगिउनौ बजारमा कालाबजारी र खाद्यन्नको कृत्रिम अभाव नहोस हरेक उपभोक्ताले पैसा हाले पछि सर्वसुलभ मुल्यमा आफुले खोजेको खाद्यनन्न प्राप्त गर्न सकुन् ।’

संघले सोझै विभिन्न उद्योग र मिलहरुबाट खाद्यन्न खरिद गरेका कारण अन्य बजार मुल्यका तुलनामा यी वस्तुको मुल्य प्रतिकेजी १० देखि १५ रुपैयाँ कम गर्ने अनुमान गरिएको छ । यसअघि संघले विश्वव्यापी महामारीको रुपमा फैलिदैं आएको नोवल कोरोना भाइरस कोभिड १९ का कारण देश लकडाउनका अवस्थाबाट गुज्रिरहेको अवस्थामा मेचीनगर क्षेत्रमा खाद्यन्न तथा सागसब्जी आपूर्ति एवम् ढुवानी कार्यमा संघमा सूचीकृत भएका सवारी साधनलाई घर घरमा पुगेर सागसब्जी विक्री वितरण गर्न अनुमती दिएको थियो । अहिले संघले आफै खरिद गरेर आफै विक्री गर्न लागेको वरिष्ठ उपाध्यक्ष निरौलाको भनाई छ ।

लकडाउनका कारण अहिले हरेक पसलहरु बन्द छन्, यस्तो अवस्थामा उपभोक्ताहरुले आफुले खोजेका मालवस्तु नपाउने पाए पनि महंगो मूल्य हाल्नु पर्ने अवस्था छ यस्तो अवस्थामा यो समस्याबाट हरेक उपभोक्ता मुक्त हुन भन्ने संघको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *