Sajhamanch Archive

झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

दमक । झापा दमक निवासी ६२ वर्षीय एक पुरुषमा कोरोना भएको पुष्टि भएको छ । धरान स्थित विपि कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठानमा पिसिआर प्रविधिबाट कोरोना पुष्टि भएको हो ।

विहीबार तीनजनाको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि स्वाब परीक्षणका लागि धरान पठाईएको थियो ।

तीन मध्ये एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

संक्रमितका छोरा एक महिना अगाडि मात्र दुबईबाट आएका थिए । तर उनी र उनको आमाको रिपोर्ट नेगेटिभ आएको छ ।

तीनै जना आइसुलेसन अस्पतालमा  छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना उपचार पछि निक भएर घर फर्की सकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *