Sajhamanch Archive

लक्षणै नदेखिँदा भुल्केमा त्रास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

उदयपुर । देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ । त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन् ।

शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ । यीमध्ये १० जना निको भएर घर फर्किएका छन् ।

लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला रु, स्थानीय राजन राउतले भने, ‘अहिले चुप लागेर बसौँला । लामो समयपछि संक्रमण देखापर्छ भन्ने छ । भित्रभित्रै शरीरमा फैलियो भने के गर्ने होला ?

अन्नपूर्ण दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *