सांसद साँवाद्वारा काठमाण्डौबाट २ सय बढीको उद्धार
Published: (Updated: )
by .
शिवसताक्षी । कोरोना भाइरस संक्रमण कारण लकडाउनमा परेर घर फर्कन चाहने सर्वसाधारणलाई प्रतिनिधिसभा सांसद एलपी साँवाले उद्धार गरी घर फर्काएका छन् ।
झापा क्षेत्र नं. ४ का सांसद साँवाले काठमाण्डौमा उपचारका लागि गएका, पढ्नका लागि गएका विद्यार्थी र मजदुरी गर्न गएका आफ्ना क्षेत्र भित्रका पालिकाहरुमा बसोबास गर्ने सर्वसाधारणलाई घर फर्काउने व्यवस्था मिलाएका हुन् ।
सामाजिक संजालबाट र फोनबाट सम्पर्कमा आएकाले उनीहरुलाई झापा आउन प्रवन्ध मिलाइएको सांसाद साँवाले जानकारी दिए । काठमाण्डौबाट घर आउने पैसा नभएर अप्ठ्यारोमा परेका, उपचारका लागि अस्पताल गएका, पढ्न र मजदुरी गर्न गएकाहरुलाई आफुले अभिभावकको भूमिका निर्वाह गर्दै उद्धार गरिएको सांसद साँवाको भनाई छ ।
झापा आउनका लागि ६ वटा बसमा २ सय जनालाई शुक्रबार रात्री काठमाण्डौबाट झापा आउनका लागि प्रथान गरिसकेको सांसद साँवाका स्वकीय सचिव किसिन पासवानले जानकारी दिए ।
शिवसताक्षी, कनकाई, गौरादह नगरपालिका, झापा र गौरीगञ्ज गाउँपालिकासँग समन्वयमा सर्वसाधारणलाई घर आउने व्यवस्था मिलाइएको हो ।
करिव २ सय बढी अझै झापा आउन चाहाने सर्वसाधारण सम्पर्कमा आउनु भएको छ । अब दोस्रो चरणमा फेरी गाडीको प्रवन्ध मिलाउने सचिव पासवानले बताए ।
सर्वसाधारण उद्धार कार्यमा कार्यमा रोषन लिम्बू, कमल सापकोटा, मिलन कट्टेल, बेदु उप्रेती, गोविन्द भारती लगायतले सहजीकरण गरेका थिए ।
Comments