वामदेव भन्छन्ः ‘मनमौजी टिकाटिप्पणी भयो’
Published:
by .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले हिजो प्रधानमन्त्री केपी ओली र आफूबीच भएका कुराकानीका सम्बन्धमा सञ्चार माध्यममा मनमौजी किसिमले टिकाटिप्पणी भएको बताएका छन् ।
आज हस्तलिखित प्रेसनोट जारी गर्दै उपाध्यक्ष गौतमले पार्टीभित्र, पार्टी र सरकारका बीचमा, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल भएको स्पष्ट पारेका छन् ।
उनले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ भन्ने सुझाव दिएको प्रेसनोटमा उल्लेख छ ।
मैले भनेको थिएँः ‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्, सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् ।’
‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो ।’ उपाध्यक्ष गौतमले प्रेस नोटमा लेखेका छन् । तर आमसञ्चार माध्यम अनि सामाजिक सञ्जालहरुमा गलत मानसिकताबाट आएका धेरै कुराहरुले गौतम दुःखी रहेको बताइएको छ ।
Comments