फेरि दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो
Published:
by .
काठमाडौं । नेपालमा फेरि दुई जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
उनीहरु दुबै वीरगञ्ज निवासी ५० वर्षीय पुरुष रहेको जनाइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
पछिल्लोपल्ट कोरोना संक्रमण पुष्टि भएका दुबैलाई नारायणी अस्पतालको आइसोलेनसमा राखिएको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैभन्दा बढी प्रदेश–१ मा ३० जना कोरोना संक्रमित रहेका छन् ।
Comments