वैशाख २५ सम्म लकडाउन गर्ने सरकारको निर्णय
Published:
by .
काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।
पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता बढाउने सिफारिस गरेको थियो ।
आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ ।
Comments