Sajhamanch Archive

कोरोना

Published: in शिक्षा, by .

विश्व हाहा कार भयो पापी कोरोनाले
घरमै बन्दी हुन पर्‍यो लकडाउन हुनाले।
देशै भर का साना ठुला सबै उध्योग धन्दा
के मधेस के पाहाड सबै भयो बन्द।
काला बजार गर्न लाई पाएको छ मौका
फटाहाले मौका छोपी हनेका छन चौका।

गरीबका नाममा कोही दान धर्म गर्छन्
ठुला ठुला नेता मिली आफ्नै डोको भर्छन।
सारा संसार आतन्कित छ कोरोनाको शोक ले
गरीब दुखी मर्ने भए रोग ले भन्दा भोक ले ।

युरोप र अमेरिका त भा छन थर थर
हामी जस्ता नेपाली त भगवानै को भर।
कती बिजोक पारी सक्यो शक्तीसाली देश को
कस्तो गती हुन्छ होला हामी नेपाली को ।

धनी गरीब सबैलाई लाग्छ डर मर्न
दु:ख बिमार परो भने कोही आउँदैन हेर्न।
कस्तो आपत आईपर्‍यो आज मानिसलाई,
एक्लै पर एक्लै मर, छैन दाजु भाई।

नेपालका देवी देउता अब आँखा खोल
होइन भने नेपाली को छैन केही मोल ।
साँझ बिहान पशुपतीलाई हार गुहार गर्छौँ
तेस्रो आँखा खोल प्रभु तिम्रै शरण पर्छौँ।

विश्व बजार तहस नहस पार्यो कोरोनाले
घर मै बन्दी हुन पर्‍यो लक्डाउन ले।

का. म. न . पा: पिपलबोट

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *