Sajhamanch Archive

झापा गाउँपालिकामा आगलागी एक घर र मिल जल्यो

Published: in राष्ट्रिय समाचार by .

झापा । झापा गाउँपालिका सिमलबाडीमा आगलागी राइस मिल र घरमा आगलागी भएको छ ।

आगलागीबाट गाउँपालिका – ३ मा पर्ने लालप्रसाद राजबंशीको जयसन्तोषी राइस मील र मीलकै छेउमा रहेको प्रलाद मण्डलको घर जलेर ध्वस्त भएको हो। आज बिहान करिब तीन बजे तिर आगो  लागेको थियो ।

आगलागीबाट ६ लाख ५० हजारको क्षति भएको राइस मीलका संचालक लालप्रसाद मण्डलले जानकारी दिए । त्यस्तै राइस मिलकै छेउमा रहेको मण्डलको घर पूर्ण रुपमा जलेको छ । घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको प्रलाद मण्डलेले बताए । एकतिर कोरोना संक्रमणको त्रास छ भने अर्को तिर घर जलेपछि मण्डल परिवार विचल्लीमा परेको छ ।

आगो निभाउन स्थानीयबासी तथा दमकलले प्रयत्न गरे पनि घर र मील पुर्णरुपमा जलेर ध्वस्त भएको स्थानीयबासीको भनाई छ ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिए पनि आगलागीको कारण भने खुल्न सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *