Sajhamanch Archive

अख्तियारद्वारा भरतपुरको कोरोना अस्पतालमा छापा

Published: in राष्ट्रिय समाचार by .

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा आज (मंगलबार) छापा मारेको छ ।

अस्पतालका कर्मचारीहरुले अस्पतालका सामग्री चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । अहिले उक्त सीसीटीभी फुटेज सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *