Sajhamanch Archive

लकडाउनमा रक्तदान, ९४ प्रिन्ट रगत संकलन

Published: in राष्ट्रिय समाचार, समाज by .

बुद्धशान्ति । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन बुधबार बृहत रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको महासचिव दीपेन सिटौलाले जानकारी दिए ।

बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष राईले सबैलाई धन्यवाद दिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा भएको रक्तदान कार्यक्रममा बुधबारे जेसीजका पुर्व अध्यक्षहरु फदिन्द्र चापागाईं, अतुल प्रसाईं, सेवन्त पोख्रेल, प्रकाश भण्डारी, निवर्तमान अध्यक्ष हेमन्त बराल, रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्ति सभापति सीता निरौला लगायतको उपस्थिति रहेको थियो ।

लकडाउन यता झापामा भएको रक्तदान कार्यक्रममा सबैभन्दा बढी रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका रक्त सञ्चार केन्द्रका इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *