Sajhamanch Archive

बेलडाँगी शरणार्थी शिविरका ४ घर जले, १७ लाख बढीको क्षति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

दमक । गए राति झापाको दमक नगरपालिका ३, बेलडागी स्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करीब १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

राती २ बजेको समयमा शिविरको वी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँईसहित छिमेकी पदम चापागाँई, रुप नारायण दुलाल र हर्क बहादुर सुब्बाको समेत घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागी प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा राती साढे ३ बजे तिर पूर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *