भद्रपुर जेसीजको राहत सहयोग
Published: (Updated: )
by .
भद्रपुर । भद्रपुर जेसीजले अति विपन्न परिवारका लागि गाँस जुटाउन भद्रपुर नगर सरकारलाई ४५० किलो चामल सहयोग गरेको छ ।
१० वटा वडा रहेको भद्रपुरमा जेसीजले ६ नम्बर वडा बाहेकका १ देखि १० सम्मका ९ वटा वडालाई ५० केजीका दरले चामल सहयोग गरेको हो । यस्तै ६ नंम्बर वडालाई भने २५ केजी दाल र २०० केजी नुन सहयोग गरेको महासचिव खिलनाथ पाण्डे निकासले जानकारी दिएका छन् ।
जेसीजका पदाधिकारीहरूबाट ६५ पैसठ्ठी हजार र भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले रु १० हजार गरी रू ७५हजार बराबरको खाद्यन्न नगर सरकारलाई सहयोग। गरेको हो ।
वडा वडामा गएर खाद्यन्न सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल, महासचिव खिलनाथ पाण्डे निकास लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
Comments