Sajhamanch Archive

इटहरीमा ग्यारेजमा आगलागी हुँदा ३ वटा कार जले

Published: in राष्ट्रिय समाचार, समाज by .

सुनसरी । सुनसरी इटहरी-९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ ।

बिहीबार बेलुका साढे ७ बजे रवीन्द्र खड्काले सञ्चालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुँदा तिन वटा कार जलेर नष्ट भएका छन् ।

ग्यारेजमा बनाउनका लागि राखिएको बा२च ३८७८ नम्बरको, को२च ८८०३ र को२झ १४२९ नम्बरको कारमा आगो सल्कँदा तीन वटै कार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *