Sajhamanch Archive

वैशाखमा बाढीः नेते खोलाको किनारमा खपाङ्गीको शव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अर्जुनधारा । बैशाखमा आएको बाढीले यहाँका एकजना पुरुषलाई बगाएर मृत्यु भएको छ । अर्जुनधारा १ सातकटेरी निवासी दुर्गाबहादुर खपाङ्गी मगरको शव सानो नेते खोलाको किनारामा भेटिएको हो ।

आज वैशाख २० गते शनिबार बिहान खपाङ्गी मगरको शव नेते खोलाको किनारमा भेटिएको हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङलाई उधृत गर्दै अर्जुनधारा नगरपालिकाका वडासचिव खगेन्द्र लिङ्देनले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका छन् । लिङ्देनले आफ्नो फेसबुक टाइमलाइनमा केही तस्वीरहरु पनि राखेका छन् भने हिजोमात्र उनले टाङटिङमा बेमौसमी बाढीको भिडियो पनि शेयर गरेका थिए ।

खपाङ्गीको मृत्यु के कसरी भयो भन्नेबारेमा तत्कालै केही भन्नु हतार हुने प्रहरीको भनाई छ । ‘हामी घटनास्थलमा गएर प्रकृति मुचुल्का गर्ने क्रममा छौं, शवको प्रकृति हेर्दा बगाएर त्यहाँ ल्याएको देखिन्छ’ एकजना प्रहरी अधिकारीले भनेका छन्, ‘तर कहिले कसरी घटना भयो भन्नेबारेमा छानविन गरेर हामी जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गर्नेछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *