सामान ल्याएपछि तातोपानीमा विवाद
Published: (Updated: )
by .
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।
बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोसी गाउँपालिका रहेको छ ।
‘चीनको वुहानबाट कोरोना भाइरस फैलिएकाले यहाँका स्थानीय त्रसित छन्, ’ गाउँपालिका उपाध्यक्ष दाबुट्टी शेर्पाले भनिन्, ‘यस्तो बेलामा नाका सञ्चालन हुँदा कोरोना फैलिन्छ भन्ने त्रास हो । व्यापारिक प्रयोजनका लागि स्याउ र लसुन आयात गर्न यो बेला उचित छैन भन्ने स्थानीयको बुझाई छ।’
सुरुवाती छलफलमा स्वास्थ्य सामाग्री मात्र आयात गर्ने कुरा भए पनि अहिले स्याउ र लसुन आयात भएपछि विवाद बढेको उपाध्यक्ष शेर्पाले बताइन् ।
अन्नपूर्ण पोष्टबाट ।
Comments