Sajhamanch Archive

ताप्लेजुङ आगलागीमा सात करोड ६५ लाख बढीको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङको शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ।

ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट आठवटा जलेका छन्। आगलागिबाट भएको जम्मा क्षतिमध्ये व्यक्तिगततर्फ सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैयाँ भएको प्रहरीको अनुमान छ। संकलित तथ्याङ्क अनुसार आगलागीबाट सातवटा घर पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको एउटा घर भत्काइएको छ। अन्य घरमा आशिंक क्षति भएको छ।

आठ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन्। आगलागीबाट छवटा संस्थाका कार्यालय तथा संरचनामा क्षति गरेको पाइएको क्षति विवरण संकलनमा संलग्न जिल्ला रेडक्रस सोसाइटीका मन्त्री विकास गौतमले जानकारी दिए।

आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण सुरु गरेका छन्। फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामललगायतका खाद्यान्न वितरण गरेको छ।

नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार आगलागी प्रभावित हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, दुई किलो चिनी, दुई लिटर खाने तेल, दुई किलो नुन, तीन किलो आलु, दुई किलो दाल र एक प्याकेट चिउरा वितरण गरिएको छ। नगरपालिकाले पनि क्षतिको पूर्ण विवरण संकलनपछि मात्रै आफ्नो नियम अनुसार थप राहत प्रदान गर्ने भएको छ। नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बललगायतका सामग्री वितरण गरेको छ। यस्तै ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था र न्यु कञ्चनजंघा सहकारी संस्था नगद सहयोग गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *