एकै दिन १० जनामा कोरोना, संक्रमितको संख्या ६९ पुग्यो
Published: (Updated: )
by .
काठमाडौं । नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्।
नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका छन्।
देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन्।
संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
यस अघि विरगञ्जमा एक जना कोरोना संक्रमित भेटिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । विरगञ्ज छपकैयाका ३६ वर्षीय पुरुषले आफैलाई शंका लागेर कोरोना परीक्षण गराएका थिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
Comments