Sajhamanch Archive

‘एकका लागि एक अभियान’ अन्तर्गत अर्जुनधाराका १ सय २० परिवारलाई राहत वितरण

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ चारपानेको अगुवाईमा १६ वटा संस्थाको सहकार्यमा सञ्चालन ‘एकका लागि एक अभियान’ अन्र्तगत कनकाई तथा अर्जुनधारा नगरपालिकामा १ सय २० परिवारलाई राहत वितरण गरिएको छ ।

‘अव कोही हुने छैन भोकै’ र ‘सहयोग गर्ने मन छ आउनुहोस् मन खोलेर सहयोग गर्नुहोस्’ नाराका साथ शुरु भएको अभियानले आइतवार सहारा नेपाल साकोस लक्ष्मीपुर र सुरुङ्गा सेवा केन्द्र मार्फत राहत वितरण गरेको हो ।
अर्जुनधारा नगरपालिका वडा नं. ५ का २० परिवार र कनकाई नगरपालिका वडा नं. २, ३, ४, ५ र ८ का एकसय परिवारलाई राहत वितरण गरेको सुरुङ्गा सेवा केन्द्रकी प्रमुख गोमा वस्नेतलले बताइन् ।

कोरोना भाईरस महामारीका कारण खाद्ययन्न अभाव भएर समस्यामा परेका व्यक्ति तथा परिवारलाई खाद्य सामाग्री सहयोग गर्ने उदेश्यले एक परिवारले एक विपन्न परिवारलाई सहयोग अभियान सञ्चालन गरेको साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए ।

विपन्न, अति विपन्न, एकल महिला, अपाङ्ग, दलित जस्ता परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर खानेतेल, एउटा नुहाउने र एउटा कपडा धुने सावनसहितको २ हजार रुपैयाँ मूल्य वरावरको राहत दिएको प्रमुख भारतीले बताए । लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक केदार सम्शेर गिरीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि कनपा –८ अध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखा मन्त्री चन्द्रप्रसाद चुडाल, घैलाडुब्बा उपशाखा सभापति केशवप्रसाद शर्मा, लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति सदस्य टुमकुमारी ओझा, कनपा ८ कार्यपालिका सदस्य सुनिता सिग्देललगायतको उपस्थिति थियो ।  हाल यो अभियान अन्र्तगत १२ सय परिवारका लागि राहत वितरण गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *