शिवसताक्षी उत्तरको वन क्षेत्रमा एक पुरुष झुण्डिएको अवस्थामा फेला
Published: (Updated: )
by .
शिवसताक्षी । झापा शिवसताक्षीको उत्तरी क्षेत्र सागरनाथ बनमा एक जना झुण्डिएको अवस्थामा फेला परेको छ ।
शिवसताक्षीको ११ नंं. वडाको सतासी खोला उत्तरको जंगलमा एक पुरुष झुण्डिएको अवस्थामा आज आइतबार ४ बजे फेला परेको हो ।
कालो सट, कालो पेन्ट र म्याजिक चप्पल लगाएको मानिस पिठारीको रुखमा झुण्डिएको र टाउको अग्रभाग सडी नचिन्ने अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
निजको गोजीबाट २०१९ सालको जन्म, मेचीनगर ८ बाहुडाँगी ठेगाना भई हर्क बहादुर राई लेखिएको नागरिकता, हनुमान चालिसाको किताब, बैंकको एटिम कार्ड फेला परेको इलाका प्रहरी कार्यालयका इन्चार्ज कोमल ठाकुरले जानकारी दिए ।
थप पहिचानका काँकरभिट्टा प्रहरी कार्यालयलाई जानकारी गराइएको इन्चार्ज ठाकुरले बताए ।
स्थानीय बाख्रा चराउन जाँदा मानिस झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Comments