सीमा सुरक्षा बलका लागि सय कार्टुन पानी
Published: (Updated: )
by .
भद्रपुर । नेपाल भारत सिमानामा खटिएका सीमा सुरक्षा बलका सुरक्षाकर्मीका लागि भद्रपुरका २ व्यक्तिले एक सय काटुन पानी निशुल्क दिएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि दशगजा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि शुद्ध पिउने पानीका लागि भद्रपुर ८ का भरत गुरूङ र भद्रपुर ९ का गोपाल श्रेष्ठले सम्युक्त रूपमा एक सय काटुन पानी निशुल्क दिएका हुन् ।
कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल भारत सिमानामा हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको भिन्ना भिन्नै सुरक्षा पोष्ट राखेर सीमा सिलको जिम्मेवारी दिइएको छ । नेपाल भारत सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलो मिटर रहेको छ । जसमा शसस्त्र प्रहरीको १२८ र नेपाल प्रहरीको ३१ वटा अस्थायी पोष्ट मार्फत सीमा सिलको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
हावापानी खपेर खटिइरहेका सुरक्षाकर्मीले शुद्ध पिउने पानी समेत नभेटेको खवर पाएपछि भद्रपुर क्षेत्रका पोष्टमा कार्यरत प्रहरीलाई लक्षित गरेर पिउने पानी दिइएको दाताहरू बताउँछन् ।
Comments