Sajhamanch Archive

कमल गाउँपालिकामा बजार अनुगमन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकथार र नियन्त्रणका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण बजारमा अत्यावश्यक कस्तुको कृतिम अभाव र चर्कोमुल्य वृद्धि भएको भन्ने जनगुनासो आए पछि गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।

बन्दा बन्दिको मौका छोपेर व्यवसायीले उपभोग्य मिती समाप्त भएका बस्तुको विक्री वितरण गरी बजारमा कृतिम अभाव देखाएर व्यवसायीले मुल्यवृद्धि गरेको भन्ने जन गुनासो आएपछि गाउँपालिकाले अगुवाईमा बजार अनुगमन गरेको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।

हामीले व्यवसायीलाई मुल्य वृद्धि नगर्न र उपभोग्य मिती समाप्तभएका वस्तुको विक्रिवितरण नगर्न , सबैले देख्नेगरी मुल्यसुचि राख्न सुझाव दिएका छौ । यदी हाम्रो सुझाव मान्नुभएन र हामी फेरी अनुगमनमा आउदा यस्तै पायौंभने त्यस्ता व्यवसायीलाई कार्वाही गरीने समेत उपाध्यक्ष सिवाकोटीले बताए ।

कमल गाउपालिकाको मुख्य बजार केर्खा, पाडाजुँगी, मंगावारे र गेउरिया बजार अनुगमन गरिए थियो । अनुगमन गरिएका पसलको दर्ता नभएका व्यावसायीलाई दर्तागर्न, सामान खरिदगर्दा बिललिने र दिनेगर्न, उपभोक्तालाई गुणस्तर सामनमात्र विक्रिवितरण गर्न सुझाव दिएको अनुगमन समितकिा सदस्य तुलसी ओझाने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *