विलासिताका बस्तु आयातमा प्रतिबन्ध लगाउन प्रदेश १ का उद्योगी व्यवसायीको माग
Published: (Updated: )
by .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुले कोरोनाको प्रकोपले धरासायी भएको अर्थतन्त्र जोगाउन विलासिताका बस्तुहरुको आयातमा प्रतिबन्ध लगाउन माग गरेका छन ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आइतबार संयुक्त्त पत्रकार सम्मेलन गर्दै अर्थतन्त्र बचाउन महंगा गाडी , मदिरा, फर्निचर, गरगहना, सुर्तिजन्य पदार्थ, महंगा मोवाइल फोन तथा अन्य ग्याडजेट्सहरु आयातमा प्रतिवन्ध लगाउन माग गरेका हुन ।
स्वदेशी कच्चा पर्दाथमा आधारित उद्योग र कृषी उत्पादनमा जोड
उनीहरुले स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरुको उत्पादनमा जोड दिदै निर्यातमा सहजीकरण गर्न र रोजगारी प्रबृद्धनकालागि कृषि क्षेत्रकालागि प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अर्थतन्त्रमा नगद प्रवाहको अवस्थालाई कमी हुन नदिन थप नगद प्रवाह गर्ने स्थिती सामान्य नहुञ्जेल लगानीहुने आयको श्रोत नखोज्न आग्रह गरे ।
उनले संघ, प्रदेश र स्थानीय सरकारबाट पर्याप्त पूजिगत खर्चहरु गरी तरलता अभावको सिर्जना हुन दिन नहुने बताए ।
छोटो अबधिमा प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रमा लगानी
उद्योग संगठनका उपाध्यक्ष सुयष प्याकुरेलले उपभोक्ताको क्रयशक्तीमा कमी आउन नदिन, सार्वजनिक क्षेत्रमा अल्पकालिन रोजगारी कार्यक्रम संचालन गर्नुपर्ने र छोटो अवधिमा प्रतिफल प्राप्त गर्न क्षेत्र पहिचान गरी लगानीलाई प्रोत्साहन गर्नुपर्छ भने ।
यसैगरि आयातहुने कृषिजन्य वस्तुलाई प्रतिस्थापन गरि उत्पादनका लागी बिषेश सहुलियत दरमा ऋण प्रवाह गर्ने सरकारी निति हुनुपर्छ भने ।
व्यवसायीक उत्पादनका लागि कृषि उपकरण खरिदमा अनुदानको व्यवस्था तथा विउ, विजन, मलखाद खरिदमा सहजता बनाउनुपर्नेमा पनि प्याकुरेलले जोड दिए ।
छिटोछरितो कार्यसम्पादन र शुसासनमा जोड
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मितव्ययिता अपनाउदै सार्वजनिक खर्चमा नियन्त्रण, शुशासन, पारदर्शिता अपनाउदै छिटो छरितो कार्यसम्पादनको शैली अपनाउन सरकारलाई सुझाव दिए ।
उनले उद्योग व्यवसाय धारासायी हुनबाट बचाउन यस्ता उद्योगको चालु खर्च व्यवस्थापनका लागि सहुलियत दरमा कर्जा प्रवाहको व्यवस्थागर्न र विद्युतको डिमाण्ड शुल्कमा छुट दिन पनि सरकारसँग माग गरे ।
बन्द अवस्थाको पारिश्रमिक भुक्त्तानी गर्न नसक्ने
उद्योगी व्यावसायीहरुलेउद्योग बन्द भएको अवस्थामा नो बिजनेश नो वर्क नो पेको सिद्धान्त अनुरुप कामदारलाई पारिश्रमिक भुक्त्तानी दिन बाध्य नपार्न सरकारसग आग्रह गरे । व्यापार संघका निवर्तमान अध्यक्ष पवन सारडाले भने , ‘लामो समय उद्योग बन्द भएकोले बन्द अवस्थाको भुक्त्तानी दिनसक्ने अबस्था छैन ।’,
लकडाउन उद्योग÷व्यवसाय वन्द भएको अवधि देखि कम्तिमा आगामी ३ वर्षकालागि हाल कायम रहेको व्याज दरमा कम्तिमा ५ प्रतिशतले घटाई उद्योग÷व्यवसाय क्षेत्रमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् ।
Comments