Sajhamanch Archive

शिवसताक्षीको कोषमा अमेरिकामा बसेका नेपालीहरुको सहयोग

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् ।

झापा शिवसताक्षी नगरपालिका निवासी विभिन्न कामले अमेरिका बसेका युवाले २ लाख ३६ हजार ९ सय ७९ रुपैयाँ शिवसताक्षीको प्रकोप रोकथाम कोषमा जम्मा गरेका हुन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ घर भई अमेरिकामा बस्दै आएका कैलास कार्की (सम्राट) नेतृत्वको समुहले रकम संकलन गरेको थियो । कार्कीका अनुसार विष्णु अधिकारी (झापाली), नैना कोइराला, दिपक खड्का, देवी भेटवाल र उर्मीला भेटवाल, रमेश राई र झल्का चापागाईले रकम संकलन गरेका थिए ।
यस्तै नविन ओख्रावो, दिनेश दुलाल, सम्राट कार्की, शोभा थापा, नरेन्द्र घिमिरे र लिला खतिवडाले १ हजार ९ सय १ अमेरिकी डलर संकलन गरेका थिए । सम्राटका अनुसार अमेरिकामै बसेकी नैना कोइरालाका परिवारले नेपाली रुपैयाँ १० हजार कोषमा जम्मा गरेकी थिईन ।

आफ्नो गाउँ समाज, आफ्न्तहरुको यादमा अमेरिकामा काम गर्दै हामीले त जसो तसो खाएकै छौ । आफ्नो गाउँ समाज संकटका बेला आफ्नो दायित्व सम्झी आफुले सकेको सहयोग गरेको सम्राटले बताए । उनका अनुसार यो पहिलो चरणको राहत पठाइएको हो । अरु पनि रकम संकलन भएको छ । केही दिनमा पठाउने तयारी रहेको उनले बताएका छन् । सहयोग रकम कोषमा बुझाउन दाता सम्राटका दाजु केदारसिंह कार्की र भाउजु मन्दिरा सहित मेलिना ओख्रावो आएका थिए । दाताहरु सबै राजधानी न्युयोर्कमा बस्दै आएका छन् ।

नेपाल सरकारको एकद्धार प्रणालीबाट गरिबका घर सम्म पुग्ने गरी खाद्यान बितरण हुनेमा अमेरिकामा बस्ने दाता आसाबादी छन् । ‘खाद्यान्न अभावमा कोही पनि नगरका बासिन्दा भोकै बस्न नपरोस् भनेर हामी आफैले रकम उठाएर सहयोग गरेका हौं ।’ अमेरिकामा रहेका राष्ट्रिय रमणीय आदर्श माविका पुर्व शिक्षक देवि भेटवालले भने, ‘हामीपनि घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ । तपाईंहरु पनि लकडाउनको पूर्ण पालनागरी संक्रमणबाट जोगिनु होला । कोरोना कोभिड १९ को अचुक औषधी भनेकै घरमा बसेर लकडाउनको पालना गर्नु हो ।’
दाताले १० हजार नगदै र बाँकी रकम एनएमबी बैंकको चेक प्रदान गरेका थिए । रकम ग्रहण गरेपछि नगरप्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षी नगरले विश्वमा रहेका शिवसताक्षी नगरका बासिन्दाको विपतका बेलाको सहयोगलाई सदैव स्मरण गर्ने बताए । उनले भने, गहकिलो सहयोग गर्नुभयो । नगरले पनि तपाईहरुलाई कुनै न कुनै माध्यमबाट सम्झने छ ।’ नगरप्रमुख सेर्माले दातालाई धन्यवाद पत्र समेत प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *