Sajhamanch Archive

खाडी र मलेसियाबाट कामदार फर्काउँदै नेपाल सरकार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा रहेकामध्ये अतिसंकटमा रहेका नेपालीलाई फर्काउन आन्तरिक तयारी थालेको छ ।

कोरोना भाइरसको महामारीपछि विदेशमा रहेका नेपालीलाई चार श्रेणीमा विभाजन गरेर श्रमगन्तव्यमा परेकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको हो ।

अन्तराष्ट्रिय उडान सुचारु भएपछि प्राथमिकता क्रमका आधारमा नेपालीलाई स्वदेश फर्काउने र क्वारेन्टाइनसहितको प्रबन्ध गर्ने सरकारी तयारी छ ।

श्रम मुलुकमा रहेका गर्भवती, आफन्त गुमाएका, गैरकानुनी रूपमा बसेका र फिर्ता हुन सम्बन्धित देशले आदेश दिएका, अतिसंकटमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहिलो प्राथमिकतामा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *