Sajhamanch Archive

कोरोनाबाट विश्वमा ३६ लाख भन्दा बढी संक्रमित, अमेरिकामा १२ लाख नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे सख्या ३६ लाख नाघेकाे छ। अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्।

विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ। अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ। ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्। २१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *