Sajhamanch Archive

विप्लवका जिल्ला इन्चार्ज विस्फोटक पदार्थसहित पक्राउ

Published: in राष्ट्रिय समाचार by .

इलाम । नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला विस्फोटक पदार्थसहित पक्राउ परेका छन्‌।

कोइरालासँगै ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ठुलो परिमाणमा विष्फोट पदार्थसहित इलामको माई नगरपालिका ९ बोरुङमा शसस्त्र प्रहरीसमेतको टोलीले विप्लव समूहका नेतारकार्यकर्तालाई पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा समातिएको र उनीहरूका साथबाट विष्फोटक पदार्थ तथा त्यसका लागि प्रयोग हुने सामग्री बरामद भएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिएका छन्‌। पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकी बम एक थान, पाइपमा फीट गरिएको बम एक थान, डेथ कड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ। पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याई पुर्‍याइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *