कमल गाउँपालिकाको विपद् कोषमा नेपाली कांग्रेसको सहयोग
Published:
by .
कमल । गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाली कांग्रेस कमल गाउँसमिति तर्फबाट सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोषमा नेपाली काग्रेस कमल गाउँसमितीकोतर्फबाट मंगलबार सांसद महेन्द्र कुमारी लिम्बुमार्फत ५५ हजार रुपैया कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गरिएको हो ।
रकम हस्तान्तरणमा नेपाली कांग्रेस कमल गाउँसभापति खगेन भण्डारी, क्षेत्रीय सभापती ढुण्डिराज भण्डारी, सह सभापति राजकुमार न्यौपाने, महासमिती सदस्य राजन ढुङ्गगाना लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिकाको तर्फबाट विपत व्यवस्थापना छुट्याएको १० लाख सहित कोषमा २८ लाख ५ हजार रुपैया भन्दा बढी जम्मा भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।
सोही कोषबाट गाउँपालिकाले पहिलो चरणको राहात वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
Comments