Sajhamanch Archive

सहाराद्धारा ‘एकका लागि एक’ अभियान अन्तर्गत मेचीनगरमा खाद्य सामाग्री वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । सहारा नेपालद्धारा ‘एकका लागि एक’ अभियान अन्तर्गत मेचीनगरमा खाद्य सामाग्री वितरण गरिएको छ ।

सहारा नेपालको काँकरभिट्टा सेवा केन्द्रले आफ्नो सेवा क्षेत्र अन्तर्गत मेचीनगर वडा नम्बर ५, ६ र ७ वडा कार्यालयले सिफारीस गरेका ७६ विपन्न परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, २ लिटर तेल र २ वटा साबुन वितरण गरिएको सेवा केन्द्र काँकरभिट्टाका प्रमुख खेमप्रसाद पुरीले बताए ।

सहारा नेपालको काँकरभिट्टा सेवा केन्द्र परिसरमा सम्पन्न खाद्य सामाग्री वितरणमा मेचीनगर–५ का वडाअध्यक्ष योगेन थापामगर, नेपाल पत्रकार महासंघ झापा शाखा सचिव सन्तोष आचार्यलगायतको उपस्थिति रहेको थियो ।

संस्थाले अभियान मार्फत मेचीनगर क्षेत्रभित्रका विपन्न १७६ परिवारलाई खाद्य सामाग्री वितरण गर्ने भएको छ । जस अन्तर्गत मेचीनगर ११, १२ र १३ मा सोमबार नै चारआली सेवा केन्द्र मार्फत विपन्न ३१ परिवारलाई खाद्य सामाग्री वितरण गरीसकेको छ । त्यसैगरी संस्थाले धुलाबारी सेवा केन्द्र मार्फत बुधबार भोली मेचीनगर ८, ९ र १० का विपन्न ६९ परिवारलाई खाद्य सामाग्री वितरण गर्ने आयोजकले जनाएको छ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को प्रभाव नेपालमा पनि परेको छ । खाद्ययन्न अभाव भएर समस्यामा परेका परिवारलाई खाद्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तरर्गत अघी सारिएको ‘एकका लागि एक’ अभियान मार्फत मेचीनगर–६ स्थित काँकरभिट्टामा राहत वितरण गरीएको संस्थाका प्रबन्धक मुकुन्द सेन कार्कीले जानकारी दिए ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार ९ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि०, कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई खाद्यान्न सहयोग गरीएको प्रबन्धक कार्कीले बताए ।
झापाको चारपानेमाा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधिन भवनमा एक कार्यक्रमका विच अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा शनिबार मजदुर दिवसको दिन कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गरेका थिए ।

एकका लागि एक अभियानमा १६ भन्दा बढी संघ संस्थाहरुले ऐकिवद्धता जनाएका छन । सहभागी जनाउने संस्थाहरुमा सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाईटी झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, उद्योग बाणिज्य संघ बिर्तामोड, गैर सहकारी संस्था महासंघ, वीरता जेसीज, जिल्ला उद्योग संघ झापा, लायन्स क्लव अफ सुरुंगा, रोटरी क्लव अफ बिर्तामोड मिटटाउन, मेची पेट्रोलिय व्यवसायी संघ, रामचोक युवा समूह लगायतका संस्थाहरु अभियानमा जोडिएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *