Sajhamanch Archive

ग्यास खपत ४० प्रतिशत घट्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौं । मुलुकभर ग्यास खपत ४० प्रतिशतले घटेको छ । दैनिक १ लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्रै बिक्री हुने गरेका छन् ।

लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ । उनका अनुसार सबै ग्यास उद्योगसँग १० हजार मेट्रिकटन ग्यास मौज्दात छ ।
राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *