Sajhamanch Archive

अमेरिकामा बस्दै आएका मेवाबोट्टे दम्पतीद्वारा नगरको कोषमा ५१ हजार सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको कोरोना प्रकोप रोकथाप तथा नियन्त्रण कोषमा अमेरिकामा बस्ने अधिकारी दम्पतीले सहयोग रकम जम्मा गरेका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ११, विरान चोक निवासी हाल अमेरिका रहेका नारायण अधिकारी तथा सृजना सिटौला अधिकारले नगरको कोषमा ५१ हजार जम्मा गरेका हुन् । उक्त सहयोग रकमको चेक उनका दाजु फगेन्द्र अधिकारीले नगर प्रमुख चन्द्रकुमार सेर्मालाई हस्तान्तरण गरेका थिए ।

नगरप्रमुख चन्द्रकुमार सेर्माले अमेरिकामा भएका नेपालीले संकटबेला आफ्नो गाउँमा सम्झिएको प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

अमेरिकामा कोरोना आक्रान्त बनाए पनि त्यहाँका नेपालीले आफ्ना ठाउँका विपन्न परिवारलाई खाद्य संकट टार्न नगरपालिकालाई सहयोग गर्दै आएका छन् ।

यस अघि पनि शिवसताक्षी ११ का विपन्न परिवारलाई सोही दम्पती पठाएको २० हजार रकम बराबरको खाद्य सामाग्री वितरण गरिएको दाजु फगेन्द्रले जानकारी दिए ।

गाउँमा अधिकारी परिवारलाई मेवाबोट्टे भनेर चिनिन्छ । मेवाबोट्टे परिवारका पाँच भाई छोरा मध्ये काइलो भाई विगत ९ वर्षदेखि अमेरिकाको कोलोराडो भन्ने ठाउँमा कर्मथलो बनाउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *