विराटनगरमा संक्रमित ६ जना कोरोना जितेर घर फर्के
Published:
by .
काठमाडौं । कोशी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६ जना निको भएर डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्। भारतमा लकडाउन भएको कारणले स्थानीय मदरसाको जिम्मा लगाएर ६ जनालाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा दीपक सिग्देलले जानकारी दिए।
डिस्चार्ज भएका बिरामीलाई सामाजिक दुरी कायम गरी सेल्फ आइसोलेसनमा बस्नलाई अनुरोध गरिएको उनले बताए। १४ दिनपछि पुनःपरीक्षण गरिने उनको भनाइ छ। उनीहरुको शरीरमा एन्टी बडीको विकास भयो भएन त्यसको परीक्षण गरिने उनले बताए। अन्य संक्रमितको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए। ‘थप संक्रमितको पनि परीक्षण गरिरहेका छौ, जतिसक्दो नेगिटिभ आउछ त्यति चाँडो अरुको पनि डिस्चार्ज गर्छौ,’ उनले भने।
गत वैशाख ५ र ६ गते उदयपुरको त्रियुगास्थित भुल्केबाट ल्याइएका १३ मध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। उनीहरुलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाई गरे। विराटनगरको कोशी अस्पतालमा अब २५ जना उपचाररत छन्। अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका २८ मध्ये ६ जना निको भएका हुन्। अन्य तीन जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन्।
Comments