Sajhamanch Archive

नेकपा स्थायी कमिटीको बैठक अनिश्चित

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि वैशाख २५ का लागि पूर्वनिर्धारित स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वयले तयारी नपुगेको बताए पछि भोलिका लागि निर्धारित स्थायी कमिटीको बैठक स्थगित गरिएको हो । आजको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

पार्टीका महासचिव विष्णु पौडेलले ‘सचिवालयले आफूहरुलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएकोमा हामीले भ्याएनौं र भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ’ भनेका छन् । पछि मिति तय हुनेकुराले नै बैठक अनिश्चितकालका लागि स्थगित भएको बुझिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *