Sajhamanch Archive

एकका लागि एक अभियान अन्तर्गत दमकमा राहत वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । सहारा नेपालले आज दमकमा रहेका विपन्न र दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई राहत वितरण गरेको छ ।

नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक जिवन खाद्य समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको हो ।

खोलामा गिटी कुटेर खाने परिवार, निर्माण कार्यमा खटिएका मजदुर, असाय, अपाङ्ग, एकल र महिलाहरुलाई सहारा नेपालले स्थापना गरेको एकका लागि एक अभियान अन्तर्गत दमक ३ मा रहेका ४० परिवार र ४ मा रहेका ६० परिवार गरी जम्मा १ सय परिवारलाई राहत वितरण गरिएको साहारा नेपाल दमक शाखाका प्रमुख डम्वर प्रधानले जानकारी दिए ।

वितरण गरिएको राहत सामाग्रीमा चामल २५ के.जी., दाल २ के.जी., नुन २ के.जी., खाने तेल २ के.जी.,लुगाधुने सावुन १ थान र नुहाउने सावुन १ थान वितरण गरिएको यस अभियानका सहयोगी सस्था नेपाल औषधी व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *