लायन्स क्लब भद्रपुरद्वारा विपन्न परिवारका लागि सहयोग
Published:
by .
भद्रपुर । लायन्स क्लब अफ भद्रपुरले अति विपन्न परिवारका लागि खाद्यन्न जुटाउन नगर सरकारलाई ५० बोरा चामल, ५० पन दाल, ५० लिटर तेल, ५० वटा साबुन र ३०० प्याकेट पपकन हस्तान्तरण गरेको छ ।
क्लबले पचास परिवारलाई करिब १० दिन खान पुगने गरी प्रति परिवार चामल २० किलो, तेल १ लिटर, दाल १ किलो र पपकर्न ५ पिसका दरले पुग्ने गरी भद्रपुर नगर सरकारलाई हस्तान्तरण गरेको हो ।
प्रेसिडेन्ट लायनर यमबहादुर श्रेष्ठको नेतृत्वमा चार्टर प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर माननीय ओमप्रकाश सरावगीको प्रमुख उपस्थितिमा सम्पन्न सो कार्यमा पास्ट प्रेसिडेन्ट ला.शिवकुमार गुप्ता र प्रदीपमणी रेग्मी, फस्ट भाईस प्रेसिडेन्ट योगेन्द्र पौडेल , सेकेन्ड भाईस प्रेसिडेन्ट प्रकाश उप्रेती , सेक्रेटरी शर्मिला अधिकारी, ट्रेजरर गोपाल खनाल, टेलटुइस्टर उत्तमकुमार राजवंशी, सदस्य अनिता राजवंशी, सदस्य पार्वती ओझा, सदस्य उर्मिला गौतम र सदस्य अनिता रिजालको उपस्थितिमा खाद्य सामग्री नगरप्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको थियो ।
Comments