Sajhamanch Archive

स्वीटजरल्याण्डबाट नेपाल आइपुग्यो, ३० हजार पीसीआर किट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेको छ ।

पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेस्ट किट हस्तान्तरण गर्दै नेपालका लागि राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताउनुभयो ।

स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *