नेपाली कांग्रेसद्वारा ७८ घरपरिवारलाई राहत वितरण
Published: (Updated: )
by .दमक। नेपाली कांग्रेस झापा दमक नगर समिति अन्तर्गत ४ नं वडा समितिले ७८ घरपरिवारलाई राहत वितरण गरेको छ ।
लामो समयको लकडाउनका कारण अति विपन्न वर्गको चुल्होमा आगो बल्न छाडेपछि कांग्रेसका स्थानीय क्रियाशिल सदस्यहरुको सहयोगमा ७८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार तथा नेपाल किसान संघका अध्यक्ष राजेन्द्र भट्टराई र नेपाली कांग्रेस ४ नं वडा समितिको सक्रियतामा अति विपन्न परिवारलाई चामल, दाल, नून तेल लगायतका सामग्री राहतस्वरुप प्रदान गरिएको थियो ।
संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बासहित कांग्रेसका नेताहरुले विपन्न मजदुर तथा किसान परिवारलाई राहत वितरण गरेका थिए । सरकारले एकसाताका लागि गरेको लकडाउन पटक–पटक थप गर्दै सातौं हप्तामा पु¥याउँदा मजदुर तथा विपन्न किसान वर्गको दैनिकी कष्टकर बन्दै गएको छ । विपन्न वर्गका अधिकांश घरपरिवारले सहयोगी हात खोजीरहेका बेला कांग्रेस कार्यकर्ता राहत लिएर पुगेपछि दमक नगरपालिका–४ नं वडा कञ्चन टोल विकास क्षेत्र र जानकी टोल विकास क्षेत्रका बासिन्दाले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
Comments