दमकका खानेपानी उपभोक्तालाई महशुलमा २० प्रतिशत छुट
Published: (Updated: )
by .
दमक । दमकका खानेपानी उपभोक्ताहरुले दुई महिनाको पानीको महशुलमा २० प्रतिसत छुट पाउने भएका छन् ।
दमक खानेपानी तथा सरसफाई उपभोक्त संस्थाको शुक्रबार बसेको बोर्ड बैठकले गत चैत र बैशाख दुई महिनाको खानेपानीको महशुलमा बिस प्रतिसत छुट दिने निर्णय गरेको अध्यक्ष रोशनकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार लकडाउनको यो अवधिमा उपभोक्तालाई राहत दिन उक्त योजना ल्याइएको छ । त्यसैगरी यो लकडाउन अवधिको महशुल लकडाउन खुलेपछिमात्रै बुझाएमा पनि हर्जना नलाग्ने निर्णय समेत गरिएको उनले बताए ।
खानेपानी बोर्डको यो निर्णयले दमक नगरभित्रका ११ हजार भन्दा धेरै उपभोक्ता लाभान्वित हुनेछन् । त्यसैगरी यो लकडाउनको अवधिमा पनि उपभोक्त स्वस्थ पानी खानबाट बन्चित नहोउन भन्दै खानेपानीमा कुनै समस्या आए तत्काल समाधान गर्ने गरी व्यवस्था मिलाईएको अध्यक्ष गौतमले बताए । संस्थाका कर्मचारीहरुलाई सामाजिक दुरी कायम गर्दै परिचालन गरिएकोले अहिले सम्म खानेपानीमा समस्या नआएको उनको भनाई छ ।
त्यस्तै सामाजिक दुरीलाई कायम राखी आगामी आईतबार देखि खानेपानीको कार्यालय सञ्चानल गर्ने बताइएको छ ।
Comments