Sajhamanch Archive

शिवसताक्षीका अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका अगुवा कृषकलाई विषादी छर्कने ट्यांकी वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ चन्द्रडाँगी स्थित कञ्चन जैविक विविधता संरक्षण विकास समितिले वडा नं. ६ र ७ का ३५ जना कृषकलाई विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरेको हो ।

संरक्षण समितिको आयोजनामा भएको दुई दिवशीय तालिमको समापन कार्यक्रममा शुक्रबार प्रदेश सांसद झलकसिंह दर्लामी र चन्द्रडाँगी कृषि फर्मका प्रमुख विरेन्द्रराज पराजुलीले संयुक्त रुपमा कृषकलाई ट्यांकी हस्तान्तरण गरेका हुन् ।
ट्यांकी हस्तान्तरण्का क्रममा बोल्दै प्रदेश सांसदले दर्लामीले विश्व कोरोना भाइरसले आक्रान्त भएको अवस्थामा कृषि क्षेत्रलेलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए । बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई बजारी करण गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउने उनले जानकारी दिए । रैथाने बालीको संरक्षण गर्ने कार्य नै कठिन छ । यस संस्थाले रैथाने बालीको संरक्षण गरी धानको वीउ सहित तरकारी बालीको विउ उत्पादन गरेकोमा सांसद दर्लामीले प्रशंसा गरेका थिए ।

नेपालमा जमिन खण्डित गरेर काम गर्ने पुरानो परम्पराले कृषि उत्पादनमा समस्या आएको भन्दै सांसद दर्लामीले अबका दिन सरकारको अवधारणा अनुसार सामुहिक खेती प्रणालीमा जानु पर्ने बताए । जसले उत्पादन बढ्ने र त्यसलाई बजारीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।

त्यसैगरी चन्द्रडाँगी कृषि र्फमका प्रमुख विरेन्द्रराज पराजुलीले २०६२ साल सुरु भएको वीउ बैंक आज सम्म निरन्तर पाएको बताए । वीउको संरक्षण तापक्रम अनुकुल बनाएर वा समुदायले प्रत्येक वर्ष वीउ जगाउँदै उत्पादन गरेमा मात्र पुरानो रैथाने विउ लामो समयसम्म राख्न सकिने जानकारी दिए । वीउ उत्पादकहरुले आधिकारिक प्राविधिकबाट फिल्ड निरिक्षण अनिवार्य गराउनु पर्ने सुझाब दिए । उनले कञ्चन जैविक विधतालाई चन्द्रडाँगी कृषि फर्मसँग समन्वय गरेर अघि बढे प्राविधिक रुपमा सहयोग गर्ने समेत बचन दिए ।

प्रदेश सांसद क्षेत्र विकास कोषको सहयोगमा कृषकलाई उन्नत जातका विउ उत्पादन, आधुनिक खेती प्रणाली, धान तथा अन्य बालीहरुमा किराबाट संक्रमणको जोखिमलाई न्युनिकरण कसरी गर्ने विषयमा तालिम दिइएको कञ्चन जैविक विविधताका उपाध्यक्ष नरमाया कार्कीले बताइन् । तालिममा आई.पि. एम. झापाका अध्यक्ष डिल्लीराम काफ्लेले सहजीकरण गरेका थिए । संरक्षण समितिले लकडाउनको बाबजुत पनि सामजिक दुरी कायम गर्दै कृषकलाई तालिम दिएको थियो ।

त्यसै गरी कञ्चन जैविक विविधता संरक्षण समितिले सञ्चालन गरेको सामुदायिक वीउ बैंकमा लहरे बाली र धान सहित १ सय २२ जातका विउको संरक्षण र उत्पादन गरिएको छ ।

उत्पादिन ७२ टन धानको वीउ, ५ टन मकै र अन्य तरकारीका वीउहरु झापा, मोरङ्ग, सुनसरी र चितवनमा विक्री गरिएको सस्थाका अध्यक्ष डिल्ली प्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, वडा नं. ७ का वडाध्यक्ष नविन इजम, कमल कार्की लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *