Sajhamanch Archive

विपन्नलाई सहयोग, कृषि उत्पादन र व्यवस्थापनका लागि दुई समिति गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको विर्तामोडमा किसान उद्धार समिति गठन भएको छ ।

नगरको वडा नं. ९ मा कोरोना भाइरसका कारण लकडाउन भएको अवस्थामा टोलमा समस्या परेका विपन्न तथा अन्य महानुभावहरुलाई सहयोग गर्न किसान उद्धार समिति गठन गरिएको हो । समितिमा मोहन सेडाइको अध्यक्षतामा १३ सदस्य रहेका छन् ।

सो समितिले स्थानीय स्तरमा किसानले उत्पादन गरेका फलफुल तथा तरकारीको विक्री वितरण र बजारीकरण गर्नका लागि हातेमालो कृषि समूह समेत गठन गरेको छ । नव गठित समितिको अध्यक्षमा हरिप्रसाद पाठक, उपाध्यक्ष सीता पाठक, सचिव ेचतन अधिकारी, कोषाध्यक्ष अस्मिता दाहाल रहेका छन् ।

कृषि समूहले स्थानीय स्तरमा किसानबाट उत्पादन गरिएका फलफूल र तरकारीहरु संकलन गरी विक्री वितरण गर्ने, मल विउ आदी किसानलाई उपलब्ध गराउने उद्देश्य रहेको बताइएको छ ।

समूहले सतालसिंह टोल बिकास समितीको अगुवाइमा स्थानीय किसान लाई बिउ( बिजन उपलब्ध गराउने, बिपन्न बर्गलाइ खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराउने समितीले निर्णय गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *