Sajhamanch Archive

भर्चुअल विधिबाट विपद् व्यवस्थापन पत्रकारिता तालिम

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । कूल ४० जिल्लाका ६२ पत्रकारहरुले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक साता लामो विपद् व्यवस्थापन तालिम पूरा गरेका छन् ।

नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न तालिममा विपद्को समयमा पत्रकारले समेट्नु पर्ने विषय र अंगिकार गर्नुपर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

बर्नमथ युनिभर्सिटीका प्राध्यापक तथा मिडिया तथा सञ्चार विभागका कार्यकारी डीन आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमा छापा, प्रसारण र अनलाइन माध्यममा सक्रिय नेपाली पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए ।
नेपाल प्रेस इन्स्टिच्युटका तर्फबाट वरिष्ठ पत्रकार कपिल काफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपाली, विज्ञ प्रशिक्षक विज्ञान शर्माले सहजीकरण गरेका थिए । कूल १२८ जना पत्रकारहरुले तालिमका लागि निवेदन दिएकोमा ६२ सहभागीलाई मात्र यसपटक छानिएको थियो । नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापन गर्दै पत्रकारको चाहनालाई सम्मान गर्दै आवेदन दिने मध्ये बाँकी पत्रकारलाई तालिम दिने तयारी भइरहेको जानकारी दिएका छन् ।
तालिम समापन कै क्रममा महासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमा पनि समय निकालेर प्रशिक्षणमा सहभागी भएकोमा सम्पूर्ण पत्रकारप्रति आभार प्रकट गरेका छन् ।
सहभागी पत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोना भाइरस (कोभिड १९) को महामारी लगायतका विपद्का विषयमा कम्तीमा एक–एक वटाा समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था रहेको नेपाल प्रेस इन्स्टिच्यूटले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *