Sajhamanch Archive

नेल्टा प्रदेश १ को भर्चुअल सम्मेलन सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । अंग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा प्रदेश नम्बर एक समितिको आयोजनामा दुई दिने अंग्रेजी भाषा सम्मेलन शुक्रबार सम्पन्न भएको छ।

कोरोना भाइरसको महामारीभइरहेको अवस्थामा शिक्षकहरु धमाधम आफ्नो पेशागत अभिवृद्धि र शिक्षण कलाको विकास गर्न लागिपरेका छन्। यसैबीच वैशाख २५ र २६ गते सम्पन्न अनलाइन कन्फरेन्समा करिब ३ सय जना अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो। महामारी पछि अङ्ग्रेजी भाषा शिक्षण को दिशा विषय मा सम्पन्न कार्यक्रम को नेल्टा केन्द्रीय अध्यक्ष मोती कला सुब्बा देवानले उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै उनले महामारीका बीच पनि शिक्षकहरुको समयको सदुपयोग गर्दै पेशागत सीपविकास मा अग्रसर हुनु सराहनीय कार्य भएको बताए । विश्व प्रविधिको उपयोग गर्न अग्रसर भइरहेको बेला नेपाली शिक्षकहरूले पनि प्रविधितर्फ सीप हासिलगर्न अग्रसर हुनुपर्ने बताए। दुई दिनसम्म चलेको उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक हरुले प्रशिक्षण प्रदान गरेका थिए।

नेताका पूर्वअध्यक्ष तथा निर्देशक हेमन्त राज दाहाल, युनिभर्सिटी अफ तासमानिया अष्टेलियाका डा. सुवास कोईराला, काठमाडौं युनिभर्सिटीका प्रोफेसर डा लक्ष्मण ज्ञवाली, क्षेत्रिय अङ्ग्रेजी भाषा रेलो प्रमुख डा करटिस चान, रेलोका कार्यक्रम प्रमुख विश्वराज गौतम र नेल्टा मोरङका अध्यक्ष गुणराज नेपालले अङ्ग्रेजी भाषा सम्बन्धी विभिन्न समसामयिक प्रस्तुतिहरु गरेका थिए।

उनीहरुले वर्तमान महामारीपछिको शैक्षिक अवस्थाका बारेमा विभिन्न अवधारणाहरू प्रस्तुत गर्नुका साथै अब पुरानो विधिबाट मात्र शिक्षण सम्भव नभएको र नयाँ परिस्थितिअनुसार शिक्षण पद्धतिमा पनि आमूल परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए। शिक्षण क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग भइरहेको हुनाले नेपाली शिक्षकहरुले पनि अब प्रविधितर्फ उन्मुख हुनुपर्ने कुरामा जोड दिएका थिए। शिक्षकले पहिले प्रविधि सिकेर मात्र कक्षाकोठामा प्रविधिको प्रयोग गर्न सुझाव दिएका थिए।

जुम मार्फत भएको सो भर्चुअल कार्यक्रममा नेल्टा प्रदेश १ का सभापति नर प्रसाद भण्डारी, केन्द्रीय सदस्य केशवप्रसाद भट्टराई, प्रदेश उपाध्यक्ष डा ईन्दिरा मिस्र , झापा अध्यक्ष धर्मेन्द्र भट्टराई, इलाम अध्यक्ष राजेन्द्र बराल, सुनसरी अध्यक्ष रविन बराल मोरङका पूर्व अध्यक्ष मोहन तुम्बाहाङ र उदयपुरका अध्यक्ष पदम सेनले प्रस्तुतिमाथी टिप्पणी तथा आफ्नो प्रतिबिम्बनहरु राखेका थिए । नेल्टा प्रदेश नम्बर १ का महासचिव चेतनाथ निरौलाले संचालन गरेको उक्त कार्यक्रम मा प्रदेशका अधिकांश अंग्रेजी भाषी शिक्षकहरु सहभागी हुनुका साथै यस्ता कार्यक्रमहरु बारम्बार गरिरहन सुझाव दिएका थिए। नेल्टाले पहिलोपटक यसप्रकारको भर्चुअल कन्फरेन्स गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *