प्रदेश १ मुख्य न्यायाधिवक्तामा कोरोना संक्रमण
Published:
by .विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर– ५ स्थयी ठेगाना भएका मुख्य न्यायाधिवक्तासहित उनको परिवारका तीनजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।
केही दिन अघि ज्वरो आएपछि मुख्य न्यायाधिवक्तासहित उनको परिवारका सदस्यले आइतबार कोरोना जाँचका लागि स्वाब संकलन गरेका थिए । सोमबार पोजेटिभ रिपोर्ट आएको हो । संक्रमण पुष्टि भएका तीनजनाको स्वास्थ्य अवस्था सामान्य छ ।
मुख्य न्यायाधिवक्तालाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन । उनी कार्यालयको काम र बैठकहरूमा नियमित रूपमा सहभागि हुन्थे ।
संक्रमण पुष्टि भएपछि मुख्य न्यायाधिवक्तासहित परिवारका तीनजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गर्ने तयारी भएको छ ।
Comments