Sajhamanch Archive

लगानी बाेर्डकाे सीईओमा सुशील भट्ट नियुक्त

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालका लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

बोर्डमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *