बीपी प्रतिष्ठानमा कोरोना भाइरस सङ्क्रमितको मृत्यु
Published:
by .धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।
जनकपुरबाट रिफर भई बिहीबार राति प्रतिष्ठान ल्याइएका २५ वर्षीय युवकको मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मृतक मिर्गौलाको नियमित डाइलाइसिस गराउनुपर्ने बिरामी थिए।
सिरहाको गोलबजार निवासी ती युवकको प्रतिष्ठानमा डायलासिस गर्दै गर्दा गए राति नै मृत्यु भएको थियो।
Comments