प्रदेशसभा सदस्य कुसुम श्रेष्ठलाई कोरोना संक्रमण
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्य सांसद कुसुमकुमारी श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको हो ।
धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठ इटहरीमा बसोबास गर्दै आएकी थिइन् । इटहरीमा रहेको अवस्थामा २० साउनमा स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । उनले आफ्नो अवस्था सामान्य भएको र आत्मवल मजबुद बनाएर कोरोनालाई जित्ने बताइन् ।
कोरोना संक्रमण पुष्टि हुने उनी उनी दोस्रो उच्च पदस्थ हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी नेकपाबाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।
Comments